काठमाडौं । आयोजक भ्याली पब्लिकले पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजमा बिहीबार तेहोरो जित हात पारेको छ ।
भ्याली पब्लिकले युरो स्कुललाई १–०, काठमाडौं इन्टरनेसनललाई ३–१ र बागमतीलाई २–० गोलले पराजित गर्यो । सोही उमेरसमूहको अन्य खेलमा युरोले काठमाडौं इन्टरनेसनललाई २–०, डाफोडिलले युनाइटेड स्कोलर्स एकेडेमीलाई ४–०, मित्रश्री पाठशालाले युनाइटेडलाई ६–०, मित्रश्रीले नमो बुद्धलाई २–० र डाफोडिलले नमो बुद्धलाई १–० गोलले हराए ।
यु–१६ ब्वाइजमा हिमालयन वल्र्ड स्कुलले केभीकेएसएसलाई ४–०, ब्लुम नेपालले युनाइटेडलाई २–०, ग्यालेक्सी पब्लिक स्कुलले कौस्तुभ एकेडेमीलाई ३–२ र डाफोडिलले केभीकेएसएसलाई ४–० गोलले पाखा लगाए ।
यु–१६ गल्र्समा साम्तेन मेमोरियल एजुकेसन एकेडेमीले माछापुच्छेलाई १–०, माछापुच्छले एआईएलाई २–१ साम्तेनले एआईएलाई १–०, माछापुच्छेले वेद्व्यासलाई २–०, एनबीएफएले भीएस निकेतनलाई २–० तथा प्याराडाइस रिडर्स एकेडेमीले एनबीएफएलाई १–० र काठमाडौं इन्टरनेसनललाई ५–० गोलले पन्छाए ।
