एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीतसहित क्वाटरफाइनलमा पुगेको छ ।
आजको खेलमा हङकङलाई १८१ रनको फराकिलो अन्तरले हराउँदै समूह ‘डी’ को समूह विजेता बनेर नेपाल क्वाटरफाइनल प्रवेश गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई २१२ रनको बलियो लक्ष्य दिएको थियो । हङकङले २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो ।
नेपालका कप्तान सोनी पाख्रिनले ४ तथा मनिषा उपाध्यायले २ विकेट लिइन । त्यसअघि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो ।
कप्तान सोनी पाख्रिनले सर्वाधिक ९० रन बनाइन् । सावित्री धामीले ५२ तथा अलिशा यादवले अविजित २३ रन जोडिन ।
नेपालले यसअघि पहिलो खेलमा कतारलाई १०५ रनले अनि दोस्रो खेलमा सिंगापुरलाई १५१ रनले पराजित गरेको थियो ।
