फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता इन्डोर सुपर लिग (आईएसएल) को दोस्रो संस्करण आगामी भदौ १७ गतेदेखि आयोजना हुँदैछ ।

आयोजक काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालि. ले दोस्रो संस्करणलाई पहिलो संस्करणभन्दा अझ भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

यस संस्करणमा १० वटा फ्रेन्चाइज टोली सहभागी हुनेछन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले अमेरिकाकी अन्तर्राष्ट्रिय होस्ट, गायिका तथा गीतकार शाइस फ्लोयड नेपाल आउने आयोजकले जानकारी दिएको छ ।

सन् २०२४ मा अमेरिकाको डालासमा आयोजित आईसीसी टी–२० विश्वकपका क्रममा नेपाली समर्थकमाझ सक्रिय रहेकी फ्लोयडले यसपटक इन्डोर सुपर लिगको दोस्रो संस्करण सञ्चालन गर्नेछिन् ।

आयोजकका अनुसार फ्लोयडको सहभागिताले नेपाली इन्डोर क्रिकेटलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउन तथा प्रतियोगिताको ब्रान्ड मूल्य अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक ज्योति भण्डारीले भने, “इन्डोर सुपर लिगलाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय पहिचान दिलाउने हाम्रो लक्ष्य हो । शाइस फ्लोयडको सहभागिता त्यस यात्राको महत्वपूर्ण सुरुआत हो ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *