काठमाडाैं । कोहलपुरको मैटहवामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । फिफा मास्टर विप्लव गौतमले एन्फा बाँकेका फुटबल प्रशिक्षक युवराज शाहीलाई बल हस्तान्त्रण गर्दै प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
उद्घाटन समारोहमा बाँकेको फुटबल विकासमा महत्वपुर्ण सहयोग गरेको भन्दैं गौतमलाई बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् निलम्बित अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीलाई सम्मान गरेका थिए ।
बिरबल फुटबल एकेडेमीले कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा स्थित ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको छ । जहाँ १६ वटा निजी तथा सामुदायिक विद्यालयका १ सय ७० भन्दा बढी बालबालिकाहरुलाई हरेक हप्ताको शनिबार, आइतबार र विदाको दिन विहान निःशुल्क रुपमा फुटबल प्रशिक्षण गराईन्छ ।
बिरबल फुटबल एकेडेमीको अध्यक्ष आशादेवी शाहीले उद्घाटन समारोहमा सहभागि सम्पुर्णलाई धन्यवाद दिदैं फुटबलको माध्यमबाट बालबालिकालाई खेलमा अभिरुची जगाउने प्रयास गरिएको बताए ।
