काठमाडौं । फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता इन्डोर सुपर लिग (आईएसएल) को दोस्रो संस्करणका लागि कान्तिपुर म्याक्स एचडी आधिकारिक ब्रोडकास्टिङ पार्टनर बनेको छ ।
प्रतियोगिता आगामी भदौ २२ देखि २८ गतेसम्म आयोजना हुनेछ । आयोजक काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालि र कान्तिपुर मिडिया ग्रुपबीच सोमबार भएको सम्झौतापछि प्रतियोगिताका सबै खेल कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएका छन् ।
दोस्रो संस्करणलाई पहिलोभन्दा अझ भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित दुवै पक्षबीच सहकार्य भएको आयोजकले जनाएको छ । सम्झौतापत्रमा काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक ज्योति भण्डारी र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले हस्ताक्षर गरेका हुन् ।
यो कायक्रममा आईएसएल प्राविधिक निर्देशक रबिन्द्र गुप्ता र कान्तिपुर मिडिया ग्रुपका बजार ब्यवस्थापक अनुपम अधिकारीको पनि उपस्थिति रहेको थियो । सम्झौतापछि प्रबन्ध निर्देशक भण्डारीले इन्डोर सुपर लिगलाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय पहिचान दिलाउने लक्ष्य रहेको बताए ।
“इन्डोर सुपर लिगलाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय पहिचान दिलाउने हाम्रो लक्ष्य हो । यसपटकको संस्करण खेल, मनोरञ्जन र व्यवस्थापनका हिसाबले अघिल्लो संस्करणभन्दा अझ उत्कृष्ट हुनेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने। यस संस्करणमा १० वटा फ्रेन्चाइज टोली सहभागी हुनेछन् । प्रतियोगितालाई थप आकर्षक बनाउन अमेरिकाकी अन्तर्राष्ट्रिय होस्ट, गायिका तथा गीतकार शाइस फ्लोयड नेपाल आउनेसमेत आयोजकले जनाएको छ । सन् २०२४ मा अमेरिकाको डलासमा आयोजित आईसीसी टी–२० विश्वकपका क्रममा नेपाली समर्थकमाझ चर्चित बनेकी फ्लोयडले यसपटक आईएसएलको दोस्रो संस्करण सञ्चालन गर्नेछिन् ।
आयोजकले यसअघि नै काठमाडौंको अनमोल ब्याङ्क्वेट, शंखमूलमा खेलाडी अक्सन सम्पन्न गरिसकेको छ भने नेपाली भलिबलकी राष्ट्रिय महिला भलिबलकी स्पाइकर उषा भण्डारीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको थियो । प्रतियोगिता यसअघि भदौ १७ गतेदेखि गर्ने तयारी भए पनि प्राविधिक कारणले एक सातापछि सारिएको आयोजकले जनाएको छ ।
आईएसएल दोस्रो संस्करणका टोलीहरू: काठमाडौं कैलाश किंग्सः सुमित महर्जन (मार्की), गौतम केसी, बिपिन शाही, सूर्य तामाङ, रामसेवक यादव, मुकेश ओझा, अविराज रोय, शौरभ साखाकर्मी, रोनिम तिवारी र भूलन साहनी ।
सुदूरपश्चिम टाइगर्सः रुपेशकुमार श्रीवास्तव (मार्की), शंकर राना, अभिषेक थापा, चन्द्रकान्त पौडेल, अमर रावल, सक्षम बस्ताकोटी, समीर कँडेल, आर्यन बिष्ट, अनुप श्रेष्ठ र नितेश कुमार ।
पोखरा वारियर्सः अमित श्रेष्ठ (मार्की), राजेन्द्र बम, दीपेश श्रेष्ठ, आश्रय बस्नेत, मिलन क्षेत्री, हरिओम जोशी, अशोक पौडेल, मोहम्मद हुसेन, केशव साउद र महेश खत्री ।
माया हेटौंडा रोयल्सः ऋत गौतम (मार्की), सोनु देवकोटा, दीपक बोहरा, रोहित शर्मा, प्रसिद्ध जैशी, सक्रियप्रताप कार्की, कृष कार्की, श्रवण यादव, विमल बीके र स्वरूप श्रेष्ठ ।
मिक्समाण्डुः उत्तमरङ्गु थापा (मार्की), संगीत पन्त, रिङ्जिन लामा, विधान श्रेष्ठ, मिसन कार्की, निश्चल श्रेष्ठ, मनोज यादव, सन्दीप पराजुली, आशिम केसी र रबिन जोशी ।
बुटवल एम्पायरः भुवन काक्री (मार्की), प्रणित थापा मगर, दिनेश अधिकारी, पवन कार्की, सचिन लेखक, दीपक जोशी, लक्ष्मण कार्की, तपेन्द्र बिष्ट, सुमन विश्वकर्मा र लक्की कडायत ।
ललितपुर अलस्टार्सः विवेककुमार राना मगर (मार्की), आशुतोष घिरैया, प्रतीक श्रेष्ठ, तिलकराज भण्डारी, मनीष थापा, कुशल खड्का, विश्व कार्की, विधान खटिवडा, अविनाश बस्याल र सारस खत्री ।
लुम्बिनी योर्कर्सः रविकुमार साह (मार्की), दयानन्द मण्डल, नवीनकुमार यादव, तुलबहादुर थापा, आशिम श्रेष्ठ, अपराजित पौडेल, दीपक बोहरा, खगेन्द्रसिंह महरा, रोहनकुमार साह र रोशन झा ।
जनकपुर किंग्सः आइश भट्टराई (मार्की), सुनील दौल्याल, सुमित श्रेष्ठ, दीपक चन्द, प्रसिद्ध श्रेष्ठ, नितेश पटेल, नितेशकुमार मोक्तान, हिक्मत खत्री, निखिल खत्री र रोमन बिष्ट ।
विराटनगर ब्याटालियनः रुपेशकुमार सिंह (मार्की), खड्का बोहरा, चन्द्र बीसी, हिमाल चन्द, बिपिन आचार्य, सन्देश कार्की, अनिश धामी, सरोज खत्री, ट्राभिस जोशी र विवेक यादव ।
