आईसिसी विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजमा नामिबियाले नेपाल सामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २११ रनको योगफल तयार पारेको हो ।
नामिबियाका लागि जान फ्रालिन्कले सतक बनाए। लौरेन स्टिनकाम्पले ५९ रनको योगदान गरे । ३७ रन बनाउँदा २ विकेट गुमाएको स्थिति सम्हाल्दै जान र लौरेनले तेस्रो विकेटका लागि १३१ रनको साझेदारी गरे । बलिङतर्फ करण केसीले ५ विकेट लिए ।
एकदिवसीय क्रिकेटमा करियरकै उत्कृष्ट बलिङ गर्नेक्रममा करणले आफ्नो स्पेलमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीको नाममा एक विकेट रह्यो । अर्का एक रन आउट भए ।
जारी सिरिजमा नेपालले आफ्नो पहिलो खेल नामिबियासँग ८ विकेट र दोस्रो खेल नेदरल्याँड्ससँग ६ विकेटले हारेको थियो ।
समान ३० खेलबाट नेदरल्यान्ड्सको ३६ अंक छ । नेपाल र नामिबियाको समान २४ अंक छ । नेदरल्यान्ड्स तेस्रो, नेपाल पाँचौ र नामिबिया छैठौं स्थानमा छन् । नेदरल्यान्ड्सले यसअघिका दुवै खेलमा जित निकालेको छ भने नामिबियाले एक खेल जितेको छ ।
