इजिप्टका फरवार्ड मोस्ताफा जिकोले अर्जेन्टिनासँगको हारपछि निकै आक्रोश व्यक्त गरेका छन् । उनले खेललाई फिक्स गरिएको आरोप लगाएका छन् ।

जिकोले भनेका छन् रेफ्री राम्रो थिएन, उनी निष्पक्ष पनि थिएनन् । उनको अन्याय स्पष्ट देखिन्थ्यो । खेल सुरु भएदेखि नै उनले हामीलाई लक्षित गरिरहेका थिए । उनलाई हामीले जितेको मन परेको थिएन ।

यो खेल फिक्स गरिएको जस्तो लाग्यो । यो हाम्रो गल्ती थिएन । त्यो रेफ्री, यो खेल पहिले नै मिलाइएको जस्तो देखिन्थ्यो । हामी २–० ले अगाडि थियौं, तर त्यसपछि उनी लगातार हाम्रो विरुद्ध निर्णय दिइरहे । अर्जेन्टिनालाई अर्को विश्वकपको अग्रिम बधाई नै भन्नुपर्ला जस्तो छ ।

हामीले कुनै पनि बेला खेल सकिइसकेको छ भनेर सोचेका थिएनौं । हामीलाई थाहा थियो कि हामी साविक विश्वविजेता र उपाधिका प्रमुख दाबेदार टोलीसँग खेलिरहेका छौं ।

खेल सुरु हुनुअघि नै हामीले उनीहरू निकै बलियो टोली हुन् र उपाधिका मुख्य दाबेदारमध्ये एक हुन् भन्ने बुझेका थियौं । तर यदि उनीहरूले आफ्नै प्रदर्शन र योग्यताका आधारमा मात्र जितेका भए, त्यो हाम्रो लागि धेरै फरक अनुभव हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *