धनकुटा । धनकुटाको सिधुवामा आजदेदेखि दोस्रो अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

बिहिवार भएको उद्घाटन खेलमा सहिदभूमि गाउँपालिका, धनकुटाले छथर गाउँपालिका, तेह्रथुमलाई सडन डेथमा ४–३ ले हरायो ।

निर्धारित समय १–१ बराबरी भएपछि पेनाल्टी ३–३ मा टुंगिँदा खेल सडन डेथमा पुगेको थियो । जितसँगै सहिदभूमि गाउँपालिका प्रतियोगिताको सेमिफाइनल समेत प्रवेश गरेको छ ।

निर्धारित समयमा सहिदभूमि गाउँपालिका लागि राज राईले गोल गरे भने छथर गाउँपालिका लागि रूपेश सेवाले गोल गरे ।

खेलको म्यान अफ दि म्याच सहिदभूमि गाउँपालिकाका गोलकिपर मन्जिल राई घोषित भए । उनले नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा भोलि तीन खेल हुनेछ । पहिलो खेल महालक्ष्मी नगरपालिका र पाख्रिबास नगरपालिका तथा दोस्रो खेल छथर जोरपाटि गाउँपालिका र साँगुरिगढी गाउँपालिकाबीच हुनेछ । त्यसैगरी तेस्रो खेल धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकाबीच हुनेछ ।

सिधुवा सिंहदेवि युथ क्लबको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *