काठमाडौं । नेपाल अल स्पोट्र्स हबको आयोजनामा प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना हुने भएको छ ।
काठमाडौँ महानगर –७ स्थित सिफलमा आयोजना हुने सो प्रतियोगितामा ६ खेल समावेश गरिएका छन् ।
डण्डिबियो, बाघचाल, बुद्धिचाल, रस्साकस्सी, घैटौ फोर र सटपुट समावेश गरिएका छन् ।
दुईदिने प्रतियोगिता अन्तर्गतका बाघचाल र बुद्धिचाल भने थापाथली चेस पार्कमा आयोजना हुने छ । नेपाली खेलकुदको विकास र संस्कृति रक्षा दुवै विषयमा यो खेल महोत्सव लाभदायक हुने अपेक्षा गरिएको छ ।
खुला स्पर्धा भएका कारण बुद्धिचालमा राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
