हेटौंडा । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तिन दिन सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा ललितपुर जिल्ला टिम च्याम्पियन बन्न सफल भएका छन् ।

क्लासिकल, र्‍यापिड तथा ब्लिट्ज्  बुद्धिचाल खेल पुरुष तथा महिला तिन विधामा ६ स्वर्ण, ६ रजत र ६ काश्य पदक मध्ये ललितपुर जिल्लाले २ स्वर्ण २ रजत पदक जित्दै टिम च्याम्पियन बनेका छन् । ललितपुर जिल्लाले पुरुष क्लासिकल र रापिड विधामा १-१ स्वर्ण, ब्लिट्ज् १ रजत र महिला र्‍यापिड १ रजत प्राप्त गरि २ स्वर्ण २ रजत पदक सहित टिम च्याम्पियन बनेका छन् ।

यस्तै चितवन जिल्ला टिम उपविजेता बनेका छन् । यस  क्रममा महिला तर्फ क्लासिकल र र्‍यापिड विधा तर्फ १-१ स्वर्ण पदक जित्न सफल भएका छन् । यसैगरी काठमाडौं जिल्लाले प्रतिस्पर्धामा तृतीय स्थान हासिल गरेका छन्। काठमाडौं जिल्लाले महिला ब्लिट्ज १ स्वर्ण , १ रजत र १ काश्य पदक प्राप्त गरेका छन् ।

स्पर्धामा काभ्रे जिल्लाले चौथो स्थान हासिल गर्दै पुरुष तर्फको ब्लिट्ज् १ स्वर्ण, क्लासिकल १ रजत पदक प्राप्त गरेका छन् । मकवानपुर जिल्लाले पुरुष र्‍यापिड तर्फ १ रजत, धादिङ जिल्लाले महिला ब्लिट्ज् १ रजत पदक जितेका छन् । यस्तै भक्तपुर जिल्लाले पुरुष तर्फ र्‍यापिड १, ब्लिट्ज् १ र महिला तर्फ ब्लिट्ज् १ पदक प्राप्त गरे। दोलखा जिल्लाले क्लासिकल पुरुष तर्फ १ काश्य पदक र रामेछाप जिल्लाले महिला तर्फ १ काश्य पदक हासिल गर्न सफल बनेका छन् ।

बागमती प्रदेश खेलकुद विकास परिषद् बुद्धिचाल खेल संयोजक संगीत श्रेष्ठको सभापतित्वमा पुरस्कार वितरण तथा समापन समारोह हेटौंडा पार्टी पालेसको सभाहलमा सम्पन्न भएको छ । प्रमुख अतिथि बागमती प्रदेश सांसद मा. एकालाल श्रेष्ठले पुरुष विधातर्फ काभ्रेका शैलेन्द्र न्यौपाने र महिला विधा तर्फ चितवनका लक्ष्मी कँडेललाई उत्कृष्ट खेलाडीवाट सम्मान गरेका छन् ।  पूर्वमन्त्री मा. एकालाल श्रेष्ठले स्वर्णपदक विजयी ललितपुर, रजतपदक विजयी चितवन तथा काश्यपदक विजयी काठमाडौंका खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *