बुद्धिचालमा दिपेन्द्र पहिलो

२०८३, ७ जेष्ठ बिहीबार २०:०४

काठमाडौं । नेपाल वायु सेवा निगमका दिपेन्द्र ठाकुर १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचालमा बिहीबार पहिलो भएका छन् । पाँच चरणको खेलमा उनले शत प्रतिशत जित निकाल्दै ५ अंक जोडे ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको खेलमा नेपाल विद्युत प्राधिकरणका रिजन ग्वाचा दोश्रो तथा नेपाल टेलिकमका देवनारायण खनाल तेश्रो बने । रिजनले ४ तथा देवले ३ अंक बटुले । देव टाइब्रेकमा तेश्रो भएका हुन्। १४ प्रतियोगी सहभागी थिए ।

विभिन्न ४ खेल समावेश प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालसहित ३ सम्पन्न भएको छ । फुटसल शुक्रबारदेखि कुलेश्वरस्थित भिजन नोभामा सुरु हुँदै । पुरुषमा १३ र महिलामा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक इशानका अध्यक्ष रामविनय श्रेष्ठले जनाएका छन् ।

ब्याडमिन्टनमा कृषि विकास बैंकले सर्वाधिक २ तथा विद्युत, नेपाल नागरिक उड्डयन प्राधिकरण, एनसेल र एनटीसीले समान १–१ स्वर्ण जितेका छन् । टेबलटेनिसमा एभरेष्ट बैंक लिमिटेड र नेपाल वायु सेवा निगमले समान २–२ तथा नागरिक उड्डयनले १ स्वर्ण हात पारेका छन्। प्रतियोगिता जेठ १० गतेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *