मिक्लाजुङ (मोरङ) । साखरे युवा क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा सम्पन्न चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ को उपाधि कालिदह फुटबल क्लब, मिक्लाजुङ, मोरङले जितेको छ ।
शनिबार साखरे स्कुलको खेल मैदानमा भएको फाइनल खेलमा टाँडी स्पोर्टिङ क्लब, टाँडी, मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै कालिदहले उपाधि हात पारेको हो ।
कालिदहको जितमा अमित बेस्रा र निरज परियारले समान १-१ गोल आरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका कालिदहका अमित बेस्रा म्यान अफ दि म्याच घोषित भए । उनले नगद रु १,००५ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको विजेता कालिदहले नगद रु. ५१,१११ सहित ट्रफि र मेडल तथा उपविजेता टाँडीले नगद रु. ३१,१११ सहित ट्रफी र मेडल प्राप्त गरे ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता कालिदहका निरज परियार, उत्कृष्ट गोलरक्षक कालिदहका बिशाल मगर र उत्कृष्ट डिफेन्डर कालिदहका राजु मगर, उत्कृष्ट मिडफिलडर टाँडीका तेन्जिङ तामाङ घोषित भए । उनीहरु सबैले जनही नगद रु.१,५०० सहित ट्रफि प्राप्त गरे ।
विजेता र उपविजेता खेलाडीहरूलाई मिक्लाजुङ गाउँपालिका वडा नं २ का अध्यक्ष बल बहादुर श्रेष्ठ तथा विशिष्ट अतिथि जगत लिङ्देन लगायतले पुरस्कार प्रदान गरेका थिए । वैशाख २९ गतेबाट सुरु भएको प्रतियोगितामा कुल १२ टोलीको सहभागिता रहेको थियो । ।
