मिक्लाजुङ (मोरङ) । साखरे युवा फुटबल क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा जारी चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ मा कालिदह फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार साखरे स्कुलको खेल मैदानमा सम्पन्न खेलमा सिसौली फुटबल क्लबलाई ३-१ को गोल अन्तरले पराजित गर्दै कालिदह क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

कालिदहका लागि निरज परियारले दुई तथा सुशील राईले एक गोल गरे । सिसौलीका लागि राज लिम्बुले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच दुई गोलकर्ता निरज परियार चुनिए ।

प्रतियोगितामा भोलि बिहिवार मुकुम्लुङ युवा क्लब, दमक र मिक्लाजुङ-२ बीच प्रतिस्पर्धा हुनेछ । जेठ ९ गतेसम्म चल्ने प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद रु. ५१,१११ रुपैयाँ र उपविजेताले नगद रु. ३१,१११ रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *