साउदी प्रो लिगमा अल नासर पराजित

२०८३, २१ बैशाख सोमबार ०८:५१

साउदी प्रो लिगअन्तर्गतको अल काद्सियाले अल नासरलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

याे हारसँगै नासर ३१ खेलबाट ७९ अंकसहित शीर्ष स्थानमै छ । एक खेल कम खेलेकाे अल हिलाल ७४ अंकसहित दाेस्राे स्थनामा छ । जितसँगै अल काद्सियाले ३१ खेलबाट ६८ अंक जोड्दै तालिकाको चौथो स्थानमा आफूलाई बलियो बनाएको छ ।

खेलको २४औँ मिनेटमा मोहम्मद अबुलशामतले गोल गर्दै अल काद्सियालाई अग्रता दिलाए । त्यसपछि ३९औँ मिनेटमा जोआओ फेलिक्सले गोल फर्काउँदै अल नासरलाई खेलमा बराबरी दिलाए र पहिलो हाफ १–१ को अवस्थामा सकियो ।

दोस्रो हाफमा अल काद्सियाले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । ५५औँ मिनेटमा मुसाब अल-जुवैरले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । त्यसपछि ७८औँ मिनेटमा जुलियन क्विनोनेसले गोल थप्दै अल काद्सियाको जित सुनिश्चित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *