झापा  । नाइट चेस क्लबको स्थानीय व्यवस्थापनमा जारी राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुल्ला तथा महिला दुवै विधाका प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ । 

खुल्ला तथा महिला दुवै विधाबाट क्रमशः नवौं स्थान सम्म प्राप्त गर्ने खेलाडीहरु नेशनल च्याम्पियनसिपका लागि छनौट हुने व्यवस्था रहेको छ ।
नेपाल बुद्धिचाल महासंघको हेटौंडामा सम्पन्न विशेष साधारणसभा सकेर प्रतिस्पर्धामा सहभागी जनाएका सर्लाही जिल्ला प्रतिनिधि कमल श्रेष्ठ ५ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएका छन् ।

कमल सँगै समान ५ अंक बनाएर सुनसरीका मुहान नरसिंह श्रेष्ठ दोस्रो तथा पाँचथरका रिशोन थापाले तेस्रो स्थानमा कब्जा लिईरहेका छन् । यस्तै समान ४.५ अंकका साथ चौथो देखि आठौं स्थानमा झापाका सीएम सुश्रुत दाहाल, दोलखाका आशिष फुयाल, खोटाङका धिरेन राई, काठमाडौंका सिएम पुरुषोत्तम चौलागाईं र एआइएम अभिक शाह रहेका छन् । 

काठमाडौंका सिएम नवीन तन्डुकार र ललितपुरका सुरोज महर्जन समान ४ अंक टाइब्रेकका आधारमा अन्य नौ जनालाई पछि पार्दै छनौट हुने रोचकता कायम राखेका छन् । यसैगरी महिलातर्फ अन्तिम चरण बाकी हुदा शीर्ष स्थानमा रहेका कास्कीकी पूजा भण्डारी ४.५ अंक जोडेर छनौट हुने पक्का गरेकी छिन्। उनी सँगै झनपाकी कृतिसारा अधिकारीले पनि ४.५ अंक बनाएर दोस्रो स्थानमा रहँदै छनौट पक्का गरिन् ।

स्पर्धामा समान ३.५ अंकका साथ काठमाडौंकी बिनिता कापाली तेस्रो र प्रिया क्षेत्री चौथो स्थानमा रहि छनौटको नजिक पुगेका छन् । अन्तिम चरणमा छनौट हुन थप ० .५ अंक आवश्यक रहेको मस्मकस परिस्थितिमा पर्साकी शुशीला गुरुङ, झापाकी नुमा सुब्बा, काठमाडौंकि एन्जल महर्जन, दोलखाकी निहाना श्रेष्ठ, काठमाडौंकि राधिका पौडेल र प्रवीशा दवाडीले समान ३ अंक जोडेकी छिन् ।

राष्ट्रिय बी प्रतियोगिताबाट आगामी २६ औँ राष्ट्रिय पुरुष च्याम्पियनसिप तथा ११ औँ राष्ट्रिय महिला च्याम्पियनसिपका लागि छनोट हुनेछन् । मेचिनगर, काँकडभिट्टा स्थित खानेपानी तथा सरसफाइ सभाहलमा भित्र नाइट चेस क्लबका अध्यक्ष विश्वविजय धिमिरेको रेखदेखमा प्रतियोगिता सञ्चालन भइरहेको प्रतियोगिताको समापन १५ जेठमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *