काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले शानदार प्रदर्शन गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

घरेलु टोली नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको हो । जितसँगै नेपालले दुई खेलबाट चार अंक जाेडेकाे छ ।

नेपालले पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुआत गरेको थियो। त्यसपछि दोस्रो सेटमा पनि निरन्तर दबाब कायम राख्दै नेपाल २५-२० ले विजयी बन्यो । तेस्रो तथा अन्तिम सेटमा नेपाली टोली झनै आक्रामक देखियो ।

उत्कृष्ट समन्वय र सशक्त प्रदर्शनसहित नेपालले तेस्रो सेट २५-१३ ले जित्दै खेल ३-० ले आफ्नो पक्षमा पार्‍यो ।

घरेलु समर्थकको उत्साहपूर्ण साथ पाएको नेपालले खेलभर प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *