आयोजक साखरे सेमिफाइनलमा

२०८३, ३ जेष्ठ आईतवार २२:२१

मिक्लाजुङ (मोरङ) । गोर्खाल्याण्ड फुटबल क्लब, गछिया, मोरङलाई पराजित गर्दै आयोजक साखरे युवा क्लब, मिक्लाजुङ, मोरङ चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार साखरे स्कुलको खेल मैदानमा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा आयोजक साखरे युवा क्लबले गोर्खाल्याण्ड फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

आयोजक साखरेको जितमा पुकार दनुवार र बिनम राईले समान १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच आयोजकको तर्फबाट अनिल राई चुनिए ।

प्रतियोगितामा भोलि सोमबार टाँडी स्पोर्टिङ क्लब, टाँडी, मोरङ र मुकुम्लुङ युवा क्लब, दमक, झापाबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ ।

साखरे युवा क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा जारी प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । जेठ ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु. ५१,१११ रुपैयाँ र उपविजेताले नगद रु. ३१,१११ रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *