काठमाडौं । तेजस्वी एकेडेमीको आयोजनामा दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगतामा विभिन्न ३६ विद्यालयका ४८ टिमको सहभागिता रहने तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
ब्वाइजमा ३१ तथा गल्र्समा १७ टिम सहभागि हुने छन् । ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूह विभाजन गरी लिग कम नकआउट अधारमा खेलाइने तेजस्वीका बास्केटबल प्रशिक्षक दिपेश कार्कीले जनाएका छन् । ब्वाइजको प्रत्येक समूहको विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।
गल्र्सको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् । ब्वाइजमा एन्जल्स हार्ट तथा गल्र्समा केभीकेएसएस डिफेन्डिङ च्याम्पियन हुन् ।
खेलहरु तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।
