मिक्लाजुङ (मोरङ) । साखरे युवा क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा जारी चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ मा कालिदह फुटबल क्लब, मिक्लाजुङ, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार साखरे स्कुलको खेल मैदानमा सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा त्रिवेणी स्पोर्टिङ क्लब, दमक, झापालाई ६-२ को फराकिलो अन्तरले पराजित गर्दै टाँडीले अन्तिम चारको यात्रा तय गरेको हो ।
कालिदहलाई जित दिलाउन निरज परियारले ह्याट्रिक गर्दा दिपेश मगरले, सौर्य राउत र इसाक लिम्बुले १- १ गोल गरे ।यता, त्रिवेणीका लागि सुमन लिम्बु र सागर लिम्बुले १-१ गोल गरे । ह्याट्रिककर्ता निरज परियार खेलको म्यान अफ दि म्याच भए ।
प्रतियोगितामा भोलि बुधबार टाँडी स्पोर्टिङ क्लब, टाँडी, मोरङ र ब्रदर्श फुटबल क्लब, मिक्लाजुङ, मोरङबीच पहिलो सेमिफाइनल खेल हुनेछ । जेठ ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु. ५१,१११ रुपैयाँ र उपविजेताले नगद रु. ३१,१११ रुपैयाँ पाउनेछन् ।
