काठमाडौं । आइबीथ्रीएल अन्तर्राष्ट्रिय इलिट कप बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौं, नेपालले जितेको छ । भारतकै सबैभन्दा प्रतिस्पर्धात्मक थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामध्ये एक मानिएको प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

भारतका नयाँदिल्ली, जयपुर, राँची, मुम्बई र सिलिगुडीमा सम्पन्न छनोट चरण पार गर्दै आएका टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो । फाइनल खेलमा काठमाडौं टोलीले दिल्ली एसडब्ल्यूसीमाथि शानदार प्रर्शन गर्दै २१–१७ ले आफ्नो पक्षयमा पार्‍यो ।

उपाधिसँगै नेपाली टोलीले मंगोलिया च्यालेन्जर खेल्ने अवसर पनि प्राप्त गरेको छ । यससँगै टोली अन्तर्राष्ट्रिय फिबा थ्री एक्स थ्री सर्किटतर्फ थप नजिक पुगेको छ ।

विश्वस्तरीय कागा बास्केटबल एकेडेमीमा आयोजित प्रतियोगिताले सिलिगुडीलाई दक्षिण एशियाली थ्री एक्स थ्री बास्केटबलको उदीयमान केन्द्रका रूपमा स्थापित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *