प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

नारायणी क्रिकेट रंगशालामा बिहिबार सम्पन्न खेलमा सुदूरले गण्डकीलाई २ विकेटले पराजित गरेको हो । यो जितसँगै पाँच खेलबाट सुदूरले ८ अंक जोडेको छ । पराजित गण्डकी भने समान खेलबाट तीन अंकसहित पूछारबाट दोस्रो स्थानमा छ ।  

कर्णालीले दिएको १९१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३९.२ ओभरमा ८ विकेट गुमाउँदै १९१ रन बनायो । 

सुदूरका अभिषेक पालले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । दीपक बोहराले ३५ रन तथा नारायण जोशीले अविजित ४५ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए । मिलन बोहराले १५ रनको योगदान दिए ।

बलिङतर्फ गण्डकीका बिपिन खत्रीले घातक प्रदर्शन गर्दै १० ओभरमा ३६ रन खर्चेर ५ विकेट लिए। कृष्ण पौडेल, सुभाष भण्डारी र बिश्व कार्कीले समान १र१ विकेट लिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *