सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (एनपिएल) मा कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर २ सय २६ रन बनायो । जुन यो सिजनको अहिलेसम्मकै उच्च स्कोर हो ।
टोलीका लागि हेनरिख क्लासेनले ५२ रन बनाए । त्यस्तै अभिषेक शर्मा ले ४८ र ट्राभिस हेडले ४६ रन जोड्दै टोलीलाई बलियो सुरुआत दिलाए ।
२ सय २७ रनको लक्ष्य पछ्याएको कोलकाताले राम्रो सुरुआत गरे पनि लगातार विकेट गुमाउँदा १६ ओभरमा १ सय ६१ रनमै अलआउट भयो । टोलीका लागि अंगकृष रघुवंशीले ५२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । हैदराबादका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । ब्लेसिङ मुजराबानीले ४ विकेट लिए ।
जयदेव उनाडकटले ३ विकेट लिए । यो जितसँगै हैदराबाद आइपिएल २०२६ मा ठूलो लक्ष्य जोगाउने पहिलो टोली बनेको छ । कोलकाता लगातार दोस्रो खेलमा हार भोगेको छ।
