प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबले मधेसमाथि सहज जित दर्ता गरेकाे छ ।

बिहिबार जनकपुरमा सम्पन्न खेलमा आर्मीले घरेलु टोली मधेस प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । जितसँगै अपराजित आर्मीले पाँच खेलबाट ९ अंक जोडेको छ ।

मधेसले दिएकाे १८५ रनको लक्ष्य आर्मीले २९.२ ओभरमै ४ विकेट गुमाएर पूरा गरेको छ । आर्मीको जितमा त्रितराज दासले शानदार अर्धशतक प्रहार गरे । उनले ७२ बलमा ७ चौका र ३ छक्काको मद्दतले ६९ रन बनाए । कप्तान बिनोद भण्डारीले २९ बलमा ३२ रन जोड्दै टोलीलाई राम्रो सुरुआत दिलाए ।

मध्यक्रममा कुशल मल्लाले २४ रन तथा भिम शार्कीले ८ रनको योगदान दिए । अन्त्यतिर बसिर अहमद ३९ बलमा ४१ रनमा अविजित रहँदा आर्मी सहज जिततर्फ अग्रसर भयो । अर्जुन साउद १ रनमा नटआउट रहे ।

बलिङतर्फ मोहम्मद आदिल आलमले २ विकेट लिए भने पवन सर्राफ र बिशाल शुस्लिङले समान १र१ विकेट लिए पनि टोलीलाई जितबाट रोक्न सकेनन् ।

त्यसअघि टस हरेर पहिले ब्याटिङ थालेको मधेसले ४८.३ मा सबै विकेट गुमाएर १८४ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *