काठमाडौं । चिनको होकाईमा आगामी जुलाई ४ देखि ९ तारिखसम्म हुन गहिरहेको चौथौ थाउलो विश्वकपका लागि नेपालका २ खेलाडिहरु छनोट भएका छन् । छनोट हुनेमा चेनसु विधामा विजय सिन्जाली र ताउसु विधामा सुस्मिता तामाङ रहेका छन् ।

विश्वकपमा छनोट हुनका लागि गत सेप्टेम्बर १ देखी ७ मा ब्राजिलको ब्रासेलियामा १७ औं विश्व च्याम्पेनसिपमा प्रतिस्पर्दा गर्न गएका थिए । जसमा विजयले ९.७१० र सुस्मिताले ९.६७० अंक प्राप्त गरेका थिए ।

विजय सिन्जाली यसअघि जापानको योकोहामामा सम्पन्न तेस्रो उसु थाउलु वल्डकपमा ऐतिहासिक कास्य पदक हासिल गर्न सफल खेलाडी हुन् । त्यसपछि, उनले सरकार बाट ६५ लाख पुरस्कार प्राप्त गरेका थिए । साथै उनी अहिले न्युजिल्यान्डको एन जेड उसु ऐकेडेमीमा वैदेशिक प्रशिक्षणमा रहेका छन् ।

सुस्मिता तामाङका लागि नेपाल ओलम्पिक कमिटिले ऐशियन गेम्स् नसकिने बेलासम्म मासिक ५० हजारको छात्रबृति प्रदान गरेको छ । साथै उनी पनी चाँडै वैदेशिक प्रशिक्षणमा जाने बताइएको छ ।

यी दुवै १३ औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडी हुन् । दुवै खेलाडी एकदमै मेहेनति र प्रतिभाशाली छन् । यस पटक पनि विश्वकपमा नेपाल पदकको दाबेदारी टिम रहने अन्तर्राष्ट्रिय उसु प्रशिक्षक निकेस श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *