ललितपुर – अन्तरराष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक अन्तरराष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा नेपालमा ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स आइतबारबाट सुरु भएको छ ।
नेपाल उसु महासंघको आयोजनामा हुने ५ दिने सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सको आइतबार पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ पानसमा बत्ति बालेर उद्घाटन गरेका छन् ।
काठमाडौको डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा सुरु टेक्निकल कोर्समा सातप्रदेश र विभागीय टिम गरि ६५ जना प्रशिक्षकहरु सहभागी भएको महासघंंका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी दिए ।
उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिन र सान्दाका एइ उईले प्रशिक्षण दिइरहेका छन् ।
टेक्निकल कोर्सको उद्घाटन गर्दै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले यही कोर्सबाट सिकेका कुराबाट नयाँ र गुणस्तरीय खेलाडी उत्पादन गर्दै मेडलको संभावना पनि बनाउने गरि लाग्नुपर्ने सुझाव दिए ।
उनले यही कोर्सको बलमा भोली एशियाली होस् या दक्षिण एशियाली खेलकुद लगायत अन्तरराष्ट्रिय मन्चमा बलियो दाबेदारी पेश गर्न सक्ने क्षमता बढाउन शुभकामना दिए । र्
आगमी दिनमा उसु खेल नेपालको गौरब बढाउने खेलका रुपमा आउने छ , उनले भने र्, आगामी दिनमा हुने युथ ओलम्पिक खेलकुद प्रतियोगितामा पहिलो पल्ट उसु खेल समावेश हुनु खुसीको खबर हो , युथ आलम्पिकमा सहभागीताका लागि छनौैट हुने मात्र नभएर ऐतीहाँसिक पदक ल्याउनकै लाई महत्वपूर्ण अवसर पनि हो ।
एशियाली खेलकुदमा बढो दुखका साथ बल्लतल्ल मेडल आउने गरेको दृष्टान्त सुनाउँदै अध्यक्ष श्रेष्ठले भने र्, यो कोर्स पुरा गरीसकेपछि खेलका नियम बारे जानकारी हुनेछ , टेक्निकबारे पछिल्लो अपडेट हुनेछ जसले गर्दा मेडलको खडेरी टार्ने अवसर हुनेछ ।
सोलिडारिटी कोर्स गर्न विदेश गएर चर्को मूल्य तिन्ुपर्ने झन्झटबाट मुक्ति मिलेको उनले बताए र्। यही कोर्स लिन विदेशमा जानुप¥यो भने एक जनाले ३–४ लाख जति खर्च गर्नुपर्छ । , उनले भने र्, नेपालमै यस्ता विदेशका महान् हस्ती एव विज्ञ ल्याएर सिकाइँदैछ , यो ठूलो अवसर हो । कोर्सको महत्वलाई आत्मसाथ गरेर सहभागी हुने सिक्ने कुरालाई बढि महत्व दिनुहुन्छ भन्ने विशेष श्रेष्ठको आग्रह छ । ।
टेक्निकल कोर्स लिइसकेपछि खेलाडीहरुको स्तर बढाउन प्रशिक्षकहरुले महत्वपूर्ण भूमिका खेल्ने हुने उनले बताए ।
यसको प्रभावले आगामी वर्ष जपानमा हुने २० औँ एशियाली खेलकुदमा केही न केही पक्कै आउने विश्वास महासंघले लिएको छ ।
उसु पछिल्लो समय प्रचुर संभावना बोकेको खेल हो । दक्षिण एशियामा उसुको फाउण्डर नेपाल नै रहेको कमिटीका अध्यक्ष श्रेष्ठले बताए । दक्षिण एशियाली खेलकुदमा उसुले स्वर्ण पदक जितीसकेको छ ।
हाम्रो देशमा खेलकुदको स्पष्ट दृष्टिकोण नहुँदाखेरी , नीति निर्माण तहमा रहेका ब्यक्तिहरुमा खेल सम्बन्धी स्पष्टता नहुँदाखेरी उसु खेलमाथी पटक पटक आक्रमण भएको उनले बताए ।
अहिले देशमा जुन खाले परिवर्तन भएको छ । जेन्जी यूवाको मागलाई मध्यनजर गर्दै खेल क्षेत्रले पनि आशा भरोसा गरेको छ । हिजोको शैलीबाट होइन नयाँ शिराबाट नयाँ यूवा मन्त्रीले काम थाल्नुपर्छ । उनको सुझाव छ ।
सातप्रदेशका लागि ४५ वटा कोटा छुट्टाएपनि अन्तरराष्ट्रिय उसु महासंघका विज्ञ द्वारा प्रशिक्षण दिईने भएको हुदा धेरै प्रशिक्षकहरु सहभागी भएको नेपाल उसु महासघका महासचिव लामाले बताए ।
अर्को वर्ष जापानको नागोयामा हुने २० औँ एशियाली खेलकुदमा उसु खेलको मुख्य निर्णायकको भूमिका मा रहने प्राविधिक विज्ञ द्वारा प्रशिक्षण दिएको महासघंका महासचिव लामाले जानकारी दिए ।
नेपालभरी नै उसुका प्रशिक्षक भएपनि उनीहरुमा समयसँगै अन्तरराष्ट्रिय परिवेशको उसु सम्बन्धी ज्ञान दिनका लागी प्रशिक्षकका निम्ती टेक्निकल कोर्स गर्न सुरु गरिएको उनले बताए । र्
नेपालभरी धेरै उसुका प्रशिक्षक छन् ,तर समयसँगै उसुको टेक्निकल परिवर्तनबारे उनीहरु जानकार हुन नसक्दा अन्तरराष्ट्रिय जगतमा गर्ने नेपालको प्रर्दशनमा समेत प्रभाव पर्ने गरेको छ , उनले भने र समयसँगै उसुको टेक्निकल परिवर्तन र सन् २०२४ को प्राविधिक नियम बुझाउन यो प्रशिक्षण आयोजना गरिएको छ ।
कोर्सबारे सामाजिक सन्जालमा हेरेपछि भारतीय उसु एसोसियसनबाट समेत प्रशिक्षकहरु आएका छन् ।
ट्रेनिङ कोर्समा भारतबाट समेत ६ जना प्रशिक्षक सहभागी छन् । भारतबाट थाउलोमा २ जना तथा सान्दामा ४ जना प्रशिक्षक सहभागी भएको महासचिव लामाले बताए ।
यो कोर्सले जापानमा हुने २० औँ एशियाड, १० औँ जुनियर विश्व उसु च्याम्पियनसीप, डकार युथ ओलम्पिक र उसु वल्डकप लगायतमा नेपालको उपलब्धिमूलक सहभागीतामा सघाउ पु¥याउने महासंघका सचिव निकेश श्रेष्ठले बताए ।
कोर्सको आगामी मंसीर २५ गते रोयल सिंगे होटलमा समापन हुनेछ ।
