इङ्ल्यान्ड र उरुग्वेबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल १–१ गोलको इङ्ल्यान्ड र उरुग्वेबीचको खेल बराबरीमा सकिएको छ । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इङ्ल्यान्डले अग्रता बनायो । ८१औँ मिनेटमा बेन ह्वाइटले कर्नरपछि नजिकबाट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । 

खेलको अन्तिम समयमा उरुग्वेले बराबरी फर्कायो । इन्जुरी समयमा भिडियो सहायकको निर्णयपछि पेनाल्टी पाएको उरुग्वेका लागि फेडेरिको भाल्भेर्देले ९०ं४औँ मिनेटमा गोल गर्दै खेल १–१ मा पुर्‍याए ।

इङ्ल्यान्डका बेन ह्वाइटले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि उरुग्वेले अवसर पाएको थियो । सो क्रममा बेन ह्वाइट पहेँलो कार्ड समेत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *