सहिद स्मारक महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।
ललितपुरस्थित च्यासल रंगशालामा बुधबार सम्पन्न दिनको दोस्रो खेलमा आर्मीले झापा फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो ।
आर्मीको जितमा अञ्जना टुलुङ राईले दुई गोल गरिन् भने दिपा शाही, हिमा चौधरी र तुलसा बोहराले समान एक–एक गोल थपे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पाँचै गोल गर्न सफल भयो ।
यस जितसँगै आर्मीले पहिलो खेलमै तीन अंक जोड्दै लिग तालिकामा शीर्ष स्थान कब्जा गरेको छ ।
यसअघि बुधबार नै सम्पन्न अर्को खेलमा संकटा फुटबल क्लबले न्यूरोड टिम (एनआरटी) लाई ४–० ले हराउँदै विजयी सुरुआत गरेको थियो ।
