पिएम कपमा मधेश प्रदेशले अपराजित यात्रा कायमै राखेको छ । सोमबार जनकपुरमा भएको खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।
कर्णालीले दिएको १३० रनको लक्ष्य मधेशले २४.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
मधेशका लागि निरज यादवले सर्वाधिक ३८ रन बनाए । अरनिको यादव ३२ रनमा अविजित रहे भने मयन यादवले २४ रन बनाए । पवन सर्राफले १७ रन बनाए ।
कर्णालीका दिपेन्द्र रावतले ३ विकेट लिए भने दिवान पुन र प्रकाश जैशीले १-१ विकेट लिए । मधेशका लागि निरज यादवले सर्वाधिक ३८ रन बनाए । अरनिको यादव ३२ रनमा अविजित रहे भने मयन यादवले २४ रन बनाए ।
पवन सर्राफले १७ रन बनाए । कर्णालीका दिपेन्द्र रावतले ३ विकेट लिए भने दिवान पुन र प्रकाश जैशीले १-१ विकेट लिए ।
मधेशका आशिक बैठाले १० ओभरमा ३४ रन दिएर ४ विकेट लिए । विशाल पटेल र अरनिको यादवले २-२ विकेट लिँदा प्रदिप पासवानले १ विकेट लिए ।
