एन्फा राष्ट्रिय लिग अन्तर्गत बिहीबार भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सातदोबाटो युवा क्लबलाई १-० ले हराएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा आर्मीका दीनेश हेन्जनले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।
यस जितसँगै आर्मीले १२ खेलबाट २६ अंक जोड्दै अंकतालिकामा दोस्रो स्थान सुरक्षित गरेको छ । सातदोबाटो युवा क्लब भने १२ खेलबाट ९ अंकसहित पुछारबाट चौथो स्थानमा सीमित भएको छ ।
यसअघि दिनको पहिलो खेलमा लालिगुराँस एसोसिएसनले चित्लाङ एफसीलाई १-० ले पराजित गरेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगका बाँकी खेल अनिश्चितकालका लागि स्थगित गरेसँगै लिगमा आज हुने भनिएको एपिएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबको खेल नहुने भएको छ ।
