एन्फा राष्ट्रिय लिगमा न्यू रोड टिम एनआरटीले विजयी हासिल गरेको छ।
त्रिपुरेश्वस्थित दरशथ रंगशालामा आइतबार सम्पन्न खेलमा एनआरटीले चित्लाङ एफसीलाई २-१ ले पराजित गरेको हो । एनआरटीको यो पाँचौं जित हो । लिगमा ९ खेल खेलेको एनआरटीले १९ अंक जोडेको छ ।
चित्लाङको भने यो चौथो हार हो । समान खेलबाट चित्लाङको ७ अंक छ । राजीव लोप्चनले खेलको १०औं मिनेटमा गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए ।
३७औं मिनेटपछि एनआरटीका सनम सोदेम्बा लिम्बूले आत्मघाती गोल गरेपछि चित्लाङ १-१ को बराबरीमा आउँदै खेलमा फर्कियो ।
खेलको ५४औं मिनेटमा टिमोथी चिएमेरिए ओकेरेकेले गोल गर्दै एनआरटीलाई २–१ को जित दिलाए ।
यस्तै, अर्को खेलमा मनाङ मर्स्याङदी र प्लानिङ ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
