काठमाडौं । आठौं संस्करणको ‘इन्टरटेनमेन्ट टेबल टेबल टेनिस प्रतियोगिता’ भोलि हुने भएको छ । ‘इन्टरटेनमेन्ट टेबल टेबल टेनिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुस्थित बुल्स हेल्थ क्लबमा हुनेछ ।

‘टेबल टेनिस राष्ट्रको लागि स्वास्थ्यको लागि’ भन्ने नारासहित हुने प्रतियोगितामा महिला र पुरुष गरी ९६ जना खेलाडीहरुको सहभागिता रहने ईटीटीका अध्यक्ष एवम् अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले जानकारी दिए ।

प्रतियोगितामा प्रवेश शुल्क २ हजार रुपैयाँ तोकिएको छ भने राष्ट्रिय खेलाडी र १६ वर्षमुनिका खेलाडीलाई प्रवेश शुल्क नलाग्ने आयोजकका सुनिल शाक्यले बताए ।

हरेक खेलाडीलाई एउटा ‘स्ट्याग’को टीसर्ट पनि दिइने छ। प्रतियोगिताको विजेतालाई विदेश भ्रमण, उपविजेतालाई पोखरा भ्रमण र तेश्रो हुने खलाडीलाई एउटा मोबाइल उपहार रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *