विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत भएको टेबल टेनिसको उपाधि छात्र तथा छात्रातर्फ विराटनगरको अरनिको कलेजले उपाधि जितेको छ ।

शहिद मैदानको कबर्डहलमा सम्पन्न टेबल टेनिसको छात्र टिम इभेन्ट्समा अरनिको कलेज पहिलो भयो भने शिक्षादिप कलेज दोस्रो तथा कान्तिपुर कलेज र भानु कलेज तेस्रो भयो भने छात्रा टिम इभेन्ट्समा अरनिको कलेज पहिलो भयो भने शिक्षादिप कलेज दोस्रो तथा कान्तिपुर कलेज र मेरिल्याण्ड कलेज तेस्रो भयो ।

त्यस्तै छात्र एकलमा मेरिल्याण्डका डेविट बोहरा पहिलो, अरनिकोका आधार दाहाल दोस्रो तथा शिक्षादिप कलेजका आर्यन श्रेष्ठ र अविचल पोखरेल तेस्रो भए भने छात्रा एकलमा अरनिकोकी ओमकुमारी चौधरी प्रथम, अरनिकोकी साधाना चौधरी दोस्रो तथा मेरिल्याण्डकी जीयासेन गुप्ता र प्राप्ती कार्की तेस्रो भइन् ।

आठ दिन सम्म चलेको स्पोर्ट्स मिटमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबलटेनिस, कबड्डी र दौड लगायतका विभिन्न विधाहरू समावेश गरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *