राष्ट्रिय हक्कीमा मधेशको सहज जित

२०८२, ५ फाल्गुन मंगलवार १९:१५

काठमाडौं । मधेश प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा मंगलबार जित पारेको छ ।

मधेशले बागमती प्रदेशलाई ४–० गोलले पराजित गर्यो । रुपेश राईले २ तथा उमेश श्रेष्ठ र अजयकुमार शाहले समान १–१ गोल गरे ।

नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमै सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३–२ गोलले हरायो । सुदूरपश्चिमका किशोरराज ओझाले २ तथा आयुश शाहले गोल गरे । कोशीका सौरव दंगाल र विसु घिमिरेले गोल गरे ।

महिलामा कोशी र बागमतीले गोलरहित बराबरी खेले । सदुरपश्चिमले मधेशलाई १–० गोलले पाखा लगायो । बन्दना भट्टले निर्णायक गोल गरिन् ।

प्रतियोगितामा पुरुषतर्फ ६ टोली र महिलातर्फ ५ टोली सहभागी छन् । दुवै विधामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *