पथरी । मोरङको पथरीमा जारी दोस्रो पथरी सनिश्चरे भेट्रान्स फुटबल प्रतियोगितामा सतिसाले भेट्रान्स, मोरङ फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा पथरी भेट्रान्स (रातो) लाई ४-० ले हराउँदै सतिसाले फाइनलमा प्रवेश गरेको हो ।

सतिसालेलाई जित दिलाउन जिवन लिम्बुले दुई तथा खेम लिम्बु र कुमार तामङले समान एक गोल गरे । पथरीका लागि अशोक क्षेत्रीले गोल गरे । खेलको म्यान अफ दि म्याच सतिसालेका दुई गोलकर्ता जिवन लिम्बु भए । उनले दुई हजार नगद सहित मेडल प्राप्त गरे ।

सतिसालेले यो जितसँगै फाइनलमा उर्लाबारी भेट्रान्ससँगको भेट पक्का गरेको छ । फाइनल खेल माघ २४ गते शनिबार सतिसाले र उर्लाबारीबिच हुनेछ ।
पथरी शनिश्चरे भेट्रान्स एफसीको आयोजनामा जारी प्रतियोगितामा मोरङ र झापाका गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख ११ हजार १ एक सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
