विराटनगर । विराटनगरको इडेन नेशनल स्कुलले सप्ताहव्यापी स्पोर्टस मिट २०८२ सम्पन्न गरेको छ । स्कुलले हरेक बर्ष संचालन गर्दै आईरहेको स्पोर्टस मिट २०८२ आज सम्पन्न गरेको हो ।
समापन समारोहमा विद्यार्थीहरुले मार्चपास, खेलकुद नृत्य लगायत प्रस्तुत गरेका थिए । एक हप्तादेखी संचालन भईरहेको स्पोर्टस मिटको समापन समारोहलाई उद्घाटन गर्दै स्कुलका अध्यक्ष तुलसी प्रसाद पोखरेलले खेलले विद्यार्थी तथा खेलप्रेमीहरुलाई अनुसाशित बनाउन सहयोग गर्ने बताएका थिए ।
सप्ताहव्यापी स्पोर्टस मिटमा कक्षा नर्सरी देखी कक्षा १० सम्मका विद्यार्थीहरले सहभागिता जनाएको स्कुल प्रशाषनले बताएको छ । स्पोर्टस मिटमा व्याडमिन्टन,कप ब्यालेन्स,शु रेस, प्यारामिड रेस, साईकल व्यालेन्स रेस लगायतका खेलहरु खेलाईएका थिए ।
स्पोर्टस मिट अन्तरगत हरेक खेलहरुमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र गिफ्टद्वारा पुरस्कृत गरिएको थियो । विद्यार्थीहरुलाई अध्यक्ष तुलसी पोख्रेल प्रिन्सिपल आश्मा न्यैपाने, भाईस प्रिन्सिपल विध्याकान्त दाहाल लगायत शिक्षक तथा शिक्षिकाहरुले पुरस्कार प्रदान गरेका थिए ।
ईडेन नेशनल स्कुलले विद्यार्थीहरुको चौतर्फि विकासका लागि खेलकुद लगायत अन्य विविध कार्यहरुमा विद्यार्थीहरुलाई सहभागि गराउँदै आईरहेको छ ।
