श्री भगवती क्लबले एन्फा राष्ट्रिय लिगअन्तर्गत प्रभावशाली प्रदर्शन गर्दै फराकिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा श्री भगवतीले काक्रेबिहार क्लबलाई ६–० गोलले पराजित गर्दै आधा दर्जन गोलको वर्षा गरेको हो ।

श्री भगवतीको शानदार जितमा सुजन डंगोलले ह्याट्रिक पूरा गरे । त्यस्तै शिशिर लेखी र दिव उराउले समान एक–एक गोल थप्दै टोलीको जित सुनिश्चित गरे । खेलभर आक्रामक देखिएको श्री भगवतीले सुरुआतदेखि नै दबाब सिर्जना गर्दै विपक्षी रक्षापंक्तिलाई कमजोर बनाएको थियो ।

यस जितसँगै श्री भगवतीले आठ खेलबाट आठ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ । पराजित काक्रेबिहार भने समान खेलबाट एक अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा सीमित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *