कोशी प्राइड प्रालिले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको मिति परिवर्तन भएको छ ।

विभिन्न सात फ्रेन्चाइज टिमले सहभागिता जनाउने लिग अब चैत ८ देखि २० गतेसम्म सुनसरीमा हुने छ । प्रतिनिधिसभाको निर्वाचनको कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको नयाँ मितिलाई नेपाल क्रिकेट संघ (क्यान)ले समेत स्विकृत गरेको छ । यसअघि फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो । प्रतियोगितालाई कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।

प्रतियोगिताको लागि सहभागी टिमले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् ।  यस्तै, हरेक टिमले ड्राफ्टबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् ।

अक्सनमा २३२ खेलाडी समावेश थिए । क्याटगोरी ‘ए’मा ३४, क्याटगोरी ‘बी’मा ९५ तथा क्याटगोरी ‘सी’मा १०३ खेलाडी थिए । २३२ खेलाडीमध्ये ८४ खेलाडी बिक्री भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *