जारी टी-२० विश्वकप अन्तर्गत आज श्रीलंका र पाकिस्तानबीच खेल हुदैछ । सुपर आठ अन्तर्गतको यो खेल श्रीलंकाको पेल्लेकेलेमा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।
श्रीलंका जारी विश्वकपको सेमिफाइनलको दौडबाट बाहिर भइसकेको छ भने पाकिस्तानले श्रीलंकालाई पराजित गरेमा सेमिफाइनलको दौडमा कायम रहेको छ ।
पाकिस्तान हाल २ खेलमा १ अंकसहित -०.४६१ रनरेटका साथ तेस्रो स्थानमा रहेको छ । पाकिस्तानले श्रीलंकालाई यस खेलमा पराजित गरेरमा दोस्रो स्थानमा रहेको न्यूजील्याण्डसँग अंक त बराबर हुन्छ तर रनरेटमा अगाडी आउन ठुलो अन्तरले पराजित गर्नुपर्ने अवस्था रहेको छ ।
श्रीलंकाविरुद्ध खेल कम्तिमा ६४ रन अन्तरको जित वा पाएको लक्ष्य १३. १ ओभर भित्र पुरा गरेमा सेमिफाइनलमा पुग्ने छ । श्रीलंका र पाकिस्तान अहिलेसम्म टी-२० खेलमा २४ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले १४ पटक र श्रीलंकाले १० पटक जितेको छ ।
