औराबनी (सुनसरी) । सुनसरीको गढी गाउँपालिका आयोजनामा जारी सातौं प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा शनिबर वडा नम्बर १ (ए) विजयी भएको छ ।

गढी खेलमैदानमा भएको दोस्रो प्रि-क्वाटरफाइनल खेलमा वडा नम्बर ६ लाई १-० को गोल अन्तरले पराजित गर्दै वडा नम्बर १ (ए) क्वाटरफाइनलमा पुगेको छ ।

वडा नम्बर १ (ए) को जितका लागि सुमन चौधरी खेलको १ मात्र र निर्णायक गोल गरेकी हुन् । खेलको म्यान अफ दि म्याच पनि सुमन नै घोषित भए । उनले पुरस्कार बापत् नगद एक हजार रुपैयाँसहित मेडल पाए । उनलाई गढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तेतर शाह पुरस्कार हस्तान्तरण गरे ।

आयोजकका अनुसार आइतबार (आज) वडा नम्बर १(बी) र श्री सरस्वती सेकेण्डरी स्कुल, गढी, सुनसरीबीच खेल हुनेछ । गढी युथ स्पोर्टिङ क्लबको समन्वयमा जारी प्रतियोगितामा कुल १० टिम सहभागी छन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले ७५ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल फाल्गुन १ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *