आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलले दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार जित हात पारेको छ ।
सामाखुशीस्थित घरेलु कोर्टमा ज्ञान संस्कारले राजन मेमोरियललाई २६-१७ ले पराजित ग¥यो । ज्ञान संस्कारका विकल्पराज भण्डारीले ११ अंक जोडे ।
ब्वाइजमै पारामाउन्ट एकेडेमीले क्यान्भास बसन्त ऋतुलाई २८-२०, स्किब्सले काठमाडौं युरोलाई २७-२२, जेबी स्कुलले रिलायन्स को-एडलाई ३९-२९, डाफोडिलले भद्रकालीलाई ३४-२५, न्युटनले अपीलाई ३२-२७, हिमशिलाले रिलायन्सलाई १९-१८ र ल्यान्डमार्क एकेडेमीले काठमाडौं इङलिस स्कुललाई २२-२० ले हराए ।
गल्र्समा ग्रिनल्यान्डले क्यान्भासलाई २४-१८, बागमतीले ज्ञान संस्कारलाई १५-१३, प्रारम्भ वल्र्डले ज्ञान संस्कारलाई ३१-३०, भ्याली पब्लिकले ल्यान्डमार्कलाई ३४-२४, बागमतीले नयुटनलाई २५-२२ र काठमाडौं भ्यालीले अपीलई ३१-२१ ले पाखा लगाए ।
