आयोजक दि एक्सेल्सियर स्कुल (ग्रिन) ले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु-११ उमेरसमूहमा आइतबार जित हात पारेको छ ।
एक्सेल्सियर (ग्रिन) ले अनमोल ज्योतिलाई ३-१ गोलले पराजित ग¥यो । विजयी थिमका लागि दिर्शान्त कार्कीले २ तथा इभान ढकालले १ गोल गरे । अनमोल ज्योतिका सम्राट शाहीले १ गोल फर्काए ।
सोही उमेरसमूहमा काष्ठमण्डप विद्यालयले संस्कृतिलाई ५-३ र अनमोल ज्योतिलाई ४-०, रिब्सले बोधीवृक्षलाई ७-१ र लाइफ स्कुललाई ६-२ तथा संस्कृतिले अनमोल ज्योतिलाई ३-० गोलले हराए ।
यु-९ मा एक्सेल्सियरले मिश्रित नतिजा निकाल्यो । काष्ठमण्डपलाई ३-२ ले हराएको एक्सेल्सियर काष्ठमण्डपसंग ६-० ले चुक्यो ।
यु-१३ मा कोहिनुरले किड्ड लर्निङलाई २-१ तथा काष्ठमण्डपले न्यु एरा एकेडेमीलाई ३-२ गोलले पाखा लगाए । काष्ठमण्डप र एलआरआईले गोलरहित बराबरी खेले ।
यु-१६ मा किड्स लर्निङले संस्कृतिलाई ३-१, एलआरआईले काष्ठमण्डपलाई २-० र रिब्सले काष्ठमण्डपलाई ४-० गोलले पन्छाए ।
बोस्केटबल : ओरेकल रे विजयी
एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा ओरेकल रेले आयोजक एक्सेल्सियरलाई ३२-२७ ले पराजित ग¥यो । ओरेकलका सुहाङ लिम्बूले १५ अंक जोडे ।
सिनियर ब्वाइजमै संस्कृतिले ज्ञानोदय बाल वाटिकालाई ३७-२६, रेडियन्ट पब्लिकले स्वर्णिमलाई २६-१९ र बाल दीक्षा सदनले एलआरआईलाई २६-१७ ले हराए । संस्कृतिका अभिग्न श्रेष्ठले २०, रेडियन्टका सुगम राना मगरले १३ र बाल दीक्षाका सयल महर्जनले १३ स्कोर गरे ।
सिनियर गल्र्समा ह्वाइटफिल्डले ज्ञानोदयलाई १६-१४ तथा स्वर्णिमले ह्वाइटफिल्डलाई २६-८ ले पाखा लगाए । ह्वाइटफिल्डकी स्मृति राईले ८ तथा स्वर्णिमकी हिसी ल्हामु लामाले १३ अंक बटुले ।
पहिलोपटक थप गरिएको विधा यु-१२ गल्र्स बास्केटबलमा स्वर्णिमले चाँदबागलाई ७-६ ले पन्छायो । स्वर्णिमकी क्रिस्टल श्रेष्ठले २ अंक जोडिन् ।
