पथरी । मोरङको पथरीमा जारी दोस्रो पथरी सनिश्चरे भेट्रान्स फुटबल प्रतियोगितामा उर्लाबारी भेट्रान्स, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा विराटनगरको मिल्स भेट्रान्सलाई ३-२ ले पराजित गर्दै उर्लाबारीले अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकर मार्फत गरिएको हो ।

खेलको म्यान अफ दि म्याच उर्लाबारीका गोलकिपर बिनोद गौतम चुनिए । उनले दुई हजार नगद सहित मेडल प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत भोलि मंगलबार विराटचौक भेट्रान्स, मोरङ र सतिसाले भेट्रान्स, मोरङबीच चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल हुनेछ ।
पथरी शनिश्चरे भेट्रान्स एफसीको आयोजनामा जारी प्रतियोगितामा मोरङ र झापाका गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख ११ हजार १ एक सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ ।
