टेनिस टोलीको बिदाई सम्पन्न

२०८२, १४ फाल्गुन बिहीबार १७:२८

काठमाडौं। वल्ड जुनियर टेनिस कम्पिटिसन प्रिक्वालिफाइङ (डब्लुजेटीसी) मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

यू-१४ उमेरसमूहको प्रतियोगिता भियतनाममा हुनेछ । ब्वाइजमा सभ्यजंग कार्की, विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा गल्समा सारा पन्त, एरा खत्री र स्वराह थापाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

प्रशिक्षकमा कुमार अधिकारी छन् । गल्सको प्रतियोगिता मार्च २ देखि ७ तारिखसम्म हुनेछ ।

प्रशिक्षकसहित टोली शुक्रबार जानेछ । ब्वाइजको प्रतिस्पर्धा मार्च ९ देखि १४ तारिखसम्म हुनेछ । टोली मार्च ६ तारिख जाने कार्यक्रम छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *