विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत आज बुधबार भएको हिसान फुटबलमा रेडस्टार कलेज, कान्तिपुर कलेज र अर्किड कलेज विजयी भएका छन् ।

शहिद मैदानमा भएको पहिलो खेलमा रेडस्स्टार कलेजले कोशी मोडेल कलेजलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ म्याच मनिस लिम्बु र विजय मगरले १–१ गोल गरे ।

दोस्रो खेलमा कान्तिपुर कलेजले बुद्ध कलेजलाई ३–१ ले स्तब्ध बनाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा १-० को अग्रता बनाएको बुद्धले दोस्रो हाफमा तीन गोल खायो । कान्तिपुरकोे जितमा प्लेयर अफ द म्याच गौतम चौधरीले २ गोल र निसान्तकुमार चौधरीले १ गरे भने बुद्धका जतिनकुमार थारुले १ गोल गरे ।

तेस्रो खेलमा अर्किड कलेजले होली चायल्ड कलेजलाई १–० ले स्तब्ध बनाउँदै पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्किडको जितमा प्लेयर अफ द म्याच विवेक खवासले १ गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *