विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत बुधबार भएको हिसान कबड्डीमा ग्रिनल्याण्ड कलेज, अर्किड कलेज, कान्तिपुर कलेज र शिक्षादिप कलेज विजयी भएका छन् ।
दिल्ली पब्लिक स्कुलको मैदानमा भएको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले मोडर्न एरा कलेजलाई ४७–१७ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच ग्रिनल्याण्डका धर्मचन्द्र मेहता घोषित भए ।
दोस्रो खेलमा अर्किड कलेजले विराट कलेजलाई ३७-३४ ले पराजित गरेको छ । तेस्रो खेलमा कान्तिपुर कलेजले अरनिको कलेजलाई २६–२४ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका कपिल मण्डल घोषित भए ।
चौथो खेलमा शिक्षादिप कलेज र रेडस्टार कलेजविच हुनु पर्ने खेलमा रेडस्टार मैदानमा नआएपछि शिक्षादिप वाकओभरमा विजयी भएको छ ।
