विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तर्गत बिहिवार भएको कबड्डी खेलमा ग्रिनल्याण्ड र कान्तिपुर कलेज फाइनलमा प्रवेश गरेका छन् ।

दिल्ली पब्लिक स्कुलको मैदानमा भएको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले अर्किड कलेजलाई ४६–४४ को सेटले पराजित गर्दै फाइनलमा स्थान बनायो । खेलको प्लेयर अफ द म्याच ग्रिनल्याण्डका धर्मचन्द्र मेहता घोषित भए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई ४६–२७ को सेटले । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका कपिल मण्डल घोषित भए ।

ग्रिनल्याण्ड र कान्तिपुरबीचको फाइनल खेल भोलि शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *