नक्सलबारी । मोरङको नक्सलबारीमा जारी छैठौं माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगितामा लेटाङ फुटबल क्लब, मोरङ फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा खेलमा नक्सलबारी फुटबल क्लब, मोरङलाई २-० ले पराजित गर्दै पराजित गर्दै लेटाङ उपाधि नजिक पुगेको हो ।

लेटाङलाई जित दिलाउन अनिल चाम्लिङ र सौगात राईले गोल गरे । खेलको म्यान अफ दि म्याच लेटाङका अनिल चाम्लिङ घोषित भए । उनले नगद रु १,५८२ सहित मेडल प्राप्त गरे ।

लेटाङले अब यही माघ १ गते हुने फाइनलमा सतिसाले फुटबल क्लब, मोरङसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

जनज्योति क्लब, नक्सलबारी, मोरङको आयोजनामा जारी प्रतियोगितामा मोरङ र सुनसरी गरी ८ वटा टिम सहभागिता छ । प्रतियोगिताको संयोजकको रुपमा नेपाल मगर संघ र नक्सलबारी फुटबल क्लब रहेका छन् भने सहयोगी संस्था बेलबारी नगरपालिका रहेको छ । प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *