जारी अफ्रिका कप अफ नेसन्समा नाइजेरिया, मोरक्को, सेनेगल र इजिप्ट सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार राति सम्पन्न क्वाटरफाइनल खेलमा इजिप्टले साविक विजेता आइभरी कोष्टलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । इजिप्टको जितमा ओमर मारमाउश, रामी राबिया र मोहमद सालाहले एक-एक गोल गरे । आइभरी कोस्टका लागि गुएला डुएले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

अर्को क्वार्टरफाइनला मोरक्कोले क्यामरुनलाई २–० ले हरायो । मोरक्कोको जितमा ब्राहिम डियाज र इस्माएल साइबरीले समान एक–एक गोल गरे ।

त्यस्तै अर्को क्वार्टरफाइनलमा नाइजेरिया अल्जेरियालाई २-० ले हराउँदै नाइजेरिया सेमिफाइनलमा स्थान बनायो । नाइजेरियाको जितमा भिक्टर ओसिमहेन र एकोर एडम्सले नाइजेरियाका लागि गोल गरे ।

अर्को क्वार्टरफाइनलमा सेनेगलले मालीलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । सेनेगलको जितमा लिमान एनडियेले गरेको गोल निर्णायक बन्यो । खेलको पहिलो हाफको अन्त्यतिर यभ्स बिसोउमाले रातो कार्ड पाएपछि माली १० खेलाडीमा सीमित भएको थियो ।

अब इजिप्ट र सेनेगलबीच पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइनल खेल नाइजेरिया र मोरक्कोबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *