विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङको आयोजनामा जारी हिसान स्पोर्ट्स मिट–२०८२ अन्तर्गत फुटवल खेलहरू सम्पन्न भएका छन् ।

फुटबलतर्फको पहिलो खेलमा मोडर्न एराले सेन्ट जोसेफ कलेजलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्‍यो । निर्धारित समयसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि नतिजा पेनाल्टीमार्फत निकालिएको हो । मोडर्न एराका गोलकिपर दिग्विजय सिंह बस्नेत उत्कृष्ट प्रदर्शनका कारण प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो फुटबल खेलमा अर्किड कलेजले जेभियर्स कलेजलाई ३–२ ले पराजित गर्‍यो । अर्किडको जितमा रिकेश विश्वासले ह्याट्रिकसहित तीन गोल गरे र प्लेयर अफ द म्याच बने । जेभियर्सका सौरभ खत्री र अविनास मगरले समान एक–एक गोल फर्काए पनि टोलीले हार टार्न सकेनन् ।

हिसान मोरङका सल्लाहकार तथा खेल संयोजक दिनेश दाहालका अनुसार खेलमा मोरङ जिल्ला भरिका २४ विद्यालयहरुको सहभागिता रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *