विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत विहिबार भएको हिसान बास्केटबलको उपाधि विकेभिएम कलेजले जितेको छ ।
विकेभिएमले कोबास कलेजको कोर्टमा भएको फाइनल खेलमा शिक्षादिप कलेजलाई २८–२५ को स्कोरले पराजित गरि उपाधि जितेको हो । फाइनल खेलको प्लेयर दि म्याच विकेभिएमका आरुष दाहाल घोषित भएका थिए ।
विजेता तथा उप विजेताहरुलाई हिसान स्पोर्टस मिटको समापन समारोहमा पुरस्कृत गरिने खेल संयोजक रोहितजंग थपलियाले बताएका छन् ।
